समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पसमा युवराज

असोज १६, धरान । जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन महेन्द्र क्याम्पस धरानको दोस्रो सम्मेलनले युवराज राई अलौकिकलाई इकाई अध्यक्षमा चयन गरेको छ ।
शनिबार महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा भएको दोस्रो सम्मेलनको प्रमुख अतिथी समाजवादी विद्यार्थी युनियन केन्द्रिय उपाध्यक्ष सुबास लाबुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । सम्मेलनको विषेश अतिथिमा केन्द्रिय  उपाध्यक्ष सन्जय राई केन्द्रिय उपमहासचिव दिनेश दंगाल जनतासमाजवादी पार्टी धरान उपमहानगर समिति अध्यक्ष ताजुप लिम्बू विद्यार्थी इन्चार्ज सुमन राई लगायतको उपस्थिति थिए ।

दोस्रो सम्मेलनले उपाध्यक्षहरुमा रितादेबी राई,विशाल लावती गोमा कुलुङ र बिजय राईलाई चौअन गरिएको छ । त्यसैगरी सचिब अस्निता लिम्बू,सहसचिवहरु सन्तोषकुमार राउत,सबिरसिं याक्सो,सुपृया राई,लक्ष्मी राई रहेका छ्न। र कोषाध्यक्षमा ॐ कुमार लिम्बु चयन गरिएको कुरा नव निर्वाचित अध्यक्ष युवराज राई अलौकिकले जानकारी दिए । सनिवार सम्पन्न सम्मेलनले ७५ जना इकाई समिति गठन गरिएको बताए ।

पहिलो सम्मेलनले उदिप लावतिको अध्यतामा इकाई कमिटी गठन गरेका थिए ।लावतिको कार्यकाल सकिएपछि दोस्रो सम्मेलनले नयाँ इकाई समिति चयन गरिएको हो ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार