`दिन बिताउछु रिक्सा कुदाउछु´ को म्युजिक भिडियो सार्वजनिक (तस्बिर सहित)

असोज १५,धरान / क्युपी कृएसनको प्रस्तुतिमा हरि इवाहाङ लिम्बुको निर्देशनमा बनेको म्युजिक भिडियो `दिन बिताउछु रिक्सा कुदाउछु´ को सार्वजनिक गरेको छ ।

धरान राँगा चोक स्थित व्हाईट डभ होटेलको सभाहलमा एक औपचारिक कार्यक्रमका बिच भिडियोलाई सार्वजनिक गरेको छ । प्रमुख पुर्व मेयर तथा साहित्यकार बमदेवानले भिडियोलाई ल्यापटपमा एक क्लिक गरेर भिडियोलाई सार्वजनिक गरेको हो । कार्यक्रममा १३ नम्बर वडा अध्यक्ष नेत्र काफ्ले नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि चाम्लिङ स्थानीय कलाकार,साहित्यकार लगायतको उपस्तिथि रहेका थिए ।
विशाल नाल्बोको शब्द रचनामा कुमार प्रधान कल्पितको संगीत स्वर र पृया लामा तामाङको रहेको छ । भिडियोमा धरानमा बिगतदेखी रंगमञ्चमा ख्याती कमाएका बिषणु मोक्तानले रिक्सा चालकको भुमिका गरेका छन । साथमा तुलसा थापा रहेका छन । म्युजिक भिडियोलाई प्रोडक्सन मिलन राई सम्पादन अनिल राना र क्यामेरामा देवराज सिग्देल रहेको छ । गीत अपार रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो भने गीतलाई सम समिरले एरेन्ज गरेको छ।

आज सार्वजनिक गरिएको म्युजिक भिडियो राम्रो रहेको उपस्तिथ अतिथिहरुले प्रतिक्रिया दिएका छन । चर्चित नाटक इङ्घङ जस्ता मन्चन गरेका यी टिमको यो म्युजिक भिडियो पनि दर्शकले नरुचाउनेमा कुनै शंका छैन ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार