प्रथम उपमेयर कप भलिबल प्रतियोगिता शुरु

धनराज राई
बराहक्षेत्र (सुनसरी ) / प्रथम उपमेयर कप वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता २०७८ बराहक्षेत्र नगरपालिका ७ स्थित देबिघाटको खेल मैदानमा बिहिवारबाट शुरु भएको छ।
उपमेयर कपको पहिलो दिन बिहीवार भएको खेलमा वडा न १ र २ को बिच भएको छ । जसमा वडा न २ अगाडि आएको छ भने वडा न ५ र ७ बिच भएको खेलमा वडा न ७ ले १३ को बिरुद्ध २५ र २२को बिरुद्ध २५ नम्बर लिएर अब अर्को खेल खेल्न अवसर मिलेको छ। त्यसै गरी वडा न ३ र ४ बिच भएको प्रतिस्पर्धामा खेल रोमान्चक र प्रतिस्पर्धात्मक देखिएको थियो । प्रतिस्पर्धात्मक भएको खेलमा थोरैको अन्तर ले वडा नम्बर ४ ले अग्रता लिएर आज को खेलमा वडा नम्बर ४ को जित भएको छ । त्यसैगरी आज कै खेलमा वडा नम्बर ७ का खेलाडि र वडा न ९ को खेलाडि बिच को खेल भएकोमा वडा नम्बर ९ बिजयी भए ।
बराहक्षेत्र नगरपालिकाले आयोजना गरेको उपमेयर कप भलिबल प्रतियोगिताको प्रथम हुनेले ३० हजार नगद दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार जित्नेछ। उक्त प्रतियोगितामा सहभागि खेलाडिहरुको उमेर ४० भन्दा माथिको हुनुपर्ने,बसाई सराई या जन्म सम्बन्धित नगरमा हुनुपर्ने नियम भनिएको छ ।
                                                               वडा न ३ का खेलाडी हरु जर्सि बिहिन
आज भएको प्रथम उपमेयर कप भलिबल प्रतियोगितामा सबै वडाका खेलाडीहरुको युनिफम टिसट / जर्सिसहित सहभागि भएका थिए । सबै वडा अध्यक्ष समेत खेलाडीसंगै खेल हेर्न आएका थिए । तर वडा नम्बर ३ का वडा अध्यक्ष रुद्र दाहाल भने अजको खेल कार्यक्रममा अनुपस्थित रहेका थिए । वडा न ३ का खेलाडिहरुले  लगाउनुपर्ने जर्सि र नम्बर बिहिन खेलमा सहभागि भएका थिए।यस बिषयमा मैदान मा सहभागि वडा न ३ का खेलाडिहरुको एउटै गुनासो थियो हामि ले पटक पटक सम्बन्धित निकाय र सम्बन्धित ब्यक्तिलाई निबेदन गर्दै आएका थियौ तर हाम्रो मागको सुनुवाई नै भएन । वडा नम्बर ३ का खेलाडीहरुका अनुसार आखिरी हामि वडा न ३ बासिको बिजयी हुँदा वडा नम्बर ३ को बिजय हुने हो भन्दै तथापि हाम्रो माग र निबेदन माथि कुनै चासो नदेखाएको भनेर गुनासो रहेको थियो।
नक आउटमा खेलाएको खेलको भोलि पनि सोही स्थानमा हुनेछ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार