इन्द्र लामिछाने जन्म दिवसमा रक्तदान

असोज १३,धरान । बराह ग्रुप अफ कम्पनीका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष इन्द्र लामिछाने बिश्वकर्माको ६४ औ जन्म दिवसको अवसरमा रक्तदान कार्यक्रको आयोजना गरिएको छ ।

धरान ८ स्थित बराह समिङ कम्प्लेक्स परिसरमा बुधबार गरिएको रक्तदान कार्यक्रममा ७८ पिन्ट रगत संकलन भएको छ । धरानलाई रक्तदाताको शहरको रुपमा चिनाउने अभियान अन्तर्गत यस वर्ष पनि रक्तदान कार्यक्रम गरिएको आयोजकले जनाएको छ । बराह ग्रुपले हरेक वर्ष रक्तदान कार्यक्रम गरिदै आएको छ । बराह ग्रुप स्थापना भएको २७ वर्षमा लागिएको छ।                       

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार