संघीयतामा राष्ट्रिय सभाले खर्च बढायो – अशोक राई

असोज ११, धरान । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संघीयता खर्चिलो भएको कुरा आईरहेको भन्दै अधिकार बिहिन राष्ट्रिय सभाको काम नभएको भन्दै त्यो पनि खर्च हुने निकाय बनेको बताए ।वरिष्ठ नेता अशोक राईले संगठन सुदृढीकरण तथा जनजागरण अभियान (सुज अभियान )को लागि धरानको चिम्लुङ हिममा कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा यस्तो कुरा बताएका हुन ।नेता राईले हाल राष्ट्रिय सभाको काम नभएको भन्दै उस्लाई अधिकार नदिने हो भने त्यो आवस्यक नभएको बताए । जसले पनि खर्च बढेको औलाए । अधिकार सम्पन्न नत्र भने अन्तर्राष्ट्रिय संसद जस्तै जातिय सभा बनाउन सकिने बताए । अन्यथा खर्च बढाउने काम राष्ट्रिय सभा भएको बताए।नेपालमा ब्युरोक्रेसी सानो टाउको खुट्टा झिँजा भएको तर पेट जम्बो भएको आकृतिको भएको भन्दै अनावश्यक कर्मचारी कटौती गरेर पनि खर्च घटाउन सकिने बताए । त्यसैगरी अनावश्यक सैनिक पनि र अन्य सुरक्षा अंगको संख्या घटाएर खर्च कम गर्न सकिने बताए । जसका लागि उपयुक्त संख्या निर्धारण गर्न सकिने बताए ।                                                           `संघीयताको खर्च घटाउन अधिकार बिहिन राष्ट्रिय सभा कि हटाउने कि अधिकार सम्पन्न जातिय सभा बनाउने,सेना प्रहरीको संख्या घटाउने,सानो टाउको झिँजा जस्तो खुट्टामा जम्बो पेट भएको अनावश्यक कर्मचारी घटाउने,मन्त्रीमण्डलको आकार घटाउने,भ्रष्टाचारको कार्वाही गर्ने,उत्पादन बढाउने ।´

संघीयताले खर्च बढेको कुरा आएको भन्दै त्यसलाई खर्च घटाउने तर्फ जान सकिने बताए।होइन भने राज्यले आम्दानिक श्रोत बढाउनुपर्ने बताए। तर भ्रष्टाचार नै घटाउने भए स्वत खर्च घट्ने बताए । एम्सिसिको प्रसंग उठाउदै अरबौको कर मिनाहा गरेको भन्दै एम्सिसी भन्दा बढी कर मिनाहा गर्दा नै यस्तो भएको बताए ।

संविधानमा भएको संघीयता नचाहिदो नभनी यसलाई जनमुखी बस्तुस्थिती  अनुकुल सच्याएर पहिचान सहितको दस जोड एक हुनुपर्ने कुरा रहेको बताए  तर खड्गप्रसा शर्मा ओलिले यो संघी नचाहिदो भएको भनिरहेको आरोप लगाए। साधारण कुरामा संघीयता भन्ने बारे जनतामा बुझाउन सक्नुपर्ने बताए ।जसका लागि एउटा घरको उदाहरण दिदै त्यो घरमा छुट्टाछुट्टै कोठा भएर छुट्टाछुट्टै पाहुना छोरी घरपरिवार सुत्ने कोठा भएको राम्रो होकि ग्वाली जस्तो घर राम्रो भनेर बुझाए । नेपालमा सबै स्थानबाट आएर सबै जातजाति मानव बस्ती बस्न थालेको उल्लेख गर्दै बिबिधता भएको देशको लागि नै संघीयता आवस्यक भएको बताए । नेपालमा एकल भाषा एकल भेषको अभ्यास गरिसकेको बताए । अब बिबिधतालाई संबोधन गर्नको लागि नै संघीयता  आवस्यक रहेको बताए । बेल्जियम भाषिक आधारमा संघीयता रहेको बताए।चिनमा संघीयता नभए पनि संघीयतामा भन्दा बढी अधिकार दिएको बताए ।जस्का लागि हंकङमा आफ्नै मुद्रा प्रचलन ल्याउन दिएको बताए ।त्यो संघीयता भन्दा बढी अधिकार भएको बताए । संघीयताको उदाहरण बुझ्न छिमेकी मुलुक भारत स्पष्ट भएको बताए । लचिलो संविधान भएको कारण भारतमा पछिल्लो समय झारखण्ड लगायतका नयाँ राज्य स्थापना भएको बताए । त्यसो हुनुमा लचिलो संविधान नै भएको बताए। कठोर खालको संविधान भएकोले नै नेपालमा सात वटा संविधान फेर्नुपरेको बताए ।जनता समाजवादी लचिलो संविधान बानाओ भन्ने पक्षमा रहेको बताए ।

संघीयता आवस्यक भएको भन्दै हालको संघीयता प्रशासनिक संघीयता मात्र भएको भन्दै जनता समाजवादी पहिचान सहितको संघीयता हुनुपर्ने बताए । संघीयता भित्र स्वायत्त क्षेत्र,बिशेष स्वायत्त तथा संरक्षित क्षेत्र समेत हुनुपर्ने बताए ।

अहिले देशमा जनगणना भैरहेको भन्दै त्यसमा पनि पहिचान जोडिएको बताए । जनसंख्या धर्म भाषाको कुरा रहेको जनगणनामा पहिचान जोगाउन सबै सचेत हुनुपर्ने बताए । पहिचान आन्दोलन गरेर हल्ला गरेरमात्र नहुने बताए ।

सुशासनको बिषयमा बोल्दै भ्रष्टाचारिलाई कार्वाही गर्ने निकाय भ्रष्टाचार निवारण आयोगले कार्वाही गर्न नसक्ने भनेर कानुन बनाएर समेत भ्रष्टाचार गरिरहेको बताए ।तर नेपालका सांसदलाई यसरी बनाएको कानुनसम्म पत्तो नभएको आरोप लगाए। जस्को महत्त्वपूर्ण कुरा भनेको पारदर्शिता रहेको बताए । केपि ओलिले म भ्रष्टाचार गर्दिन भ्रष्टाचारको मुख हेर्दिन भनिए पनि ट्रान्सपरेन्सिले एशियामा केपि ओलि नै सबैभन्दा भ्रष्टाचार गर्ने रहेको देखाएको उल्लेख  गरे । देश बनाउने हो भने भ्रष्टाचार मुक्त हुनुपर्ने बताए । केपि ओलिको सरकारले मन्त्री परिषदको निर्णलाई समेत छानबिन गर्न नपाउने  कानुन बनाएर भ्रष्टाचार गरेको आरोप लगाए । अब यस्ता किसिमका कामकारबाहीलाई कडाई गर्न सबै मन्त्री परिषदको निर्णय छानबिन गर्नुपर्ने र कार्वाही नगरे सुशासन न आउने बताए।

जनता समाजवादिले भदौदेखि मंसिरसम्म संगठन बिस्तार तथा जनजागरण अभियान्लाई सुज अभियानको रुपमा अगाडि बढाएको छ ।धरानमा सुनसरी जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ का संयोजक दिपक मेन्याङ्बोको संयोजकत्वमा कार्यक्रम भएको हो ।

कार्यक्रममा पुर्व माओवादीका धरान ६ का टेकबहादुर गौतम,इटहरी १९ का मिलन राई र इटहरी १६ का सुमित बिक्रम साह जनता समाजवादी पार्टी प्रवेश गरेको छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार