नेपाल मगर संघ धरान १८ मा धनप्रसादको अध्यक्षतामा वडा समिति गठन

असोज १०, धरान । नेपाल मगर संघ धरान नगर समितिले संगठन विस्तार गर्ने क्रममा वडा नम्बर १८ को समिति गठन गरिएको छ ।
असोज ९ गते शनिवार धरान १८ स्थित जेम सेकेण्डरी बोर्डिङ स्कुलमा “मगर भेला” कार्यक्रमको आयोजना गरि नेपाल मगर संघ १८ नं वडा समिति गठन गरेको छ । समितिमा धन प्रसाद आले मगर अध्यक्ष, निर्मला आले मगर सहसचिव, राजु आले मगर कोषाध्यक्ष र कुमारी मगर, सरिता थापा मगर, लाल बहादुर दर्लामी मगर एवम अजित आले मगर सदस्य चयन गरिएको कुरा नेपाल मगर संघ धरान नगर समिति अध्यक्ष चित्रराज थापामगरले जानकारी दिए । नव गठित कार्यसमितिले संघका धरान नगर अध्यक्ष चित्रराज थापा मगर मार्फत सपथ ग्रहण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल मगर संघ बुढानिलकण्ठ नगर समिति काठमाडौका अध्यक्ष प्रदिप थापा मगर र अतिथि संघका धरान नगर समितिका पुर्व अध्यक्ष नर कुमार मगराती मगरले मन्तव्य राखेका थिए । कार्यक्रममा तमु ह्युल छोज धीका केन्द्रीय सल्लाहकार चन्द्रा थापा मगर (गुरुङ) र संघका सुनसरी जिल्ला समितिका पुर्व सचिव मित्रजंग राना मगर उपस्तिथि रहेको थियो ।

नवगठित कार्यसमितिलाई प्रमुख अतिथि प्रदिप थापा मगरले रु ५ हजार र अतिथि चन्द्रा थापा मगर (गुरुङ) ले ५ हजार आर्थिक सहयोग गरेका थिए ।

संघका धरान नगर समिति अध्यक्ष चित्रराज थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम सहसचिव नाखान चक्र थापा मगरद्वारा संचालन गरिएको थियो । धरान उपमहानगरमा यस अघि वडा नम्बर २० र १९ गठन भैसकेको छ । त्यसैगरी भातृ संगठनमा नगर स्तरीय महिला, युवा, खेलकुद, सास्कृतिक, विधार्थी गठन भैसकेको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार