सामाजिक संजालमा भाइरल तस्बिर

असोज ९, धरान /सामाजिक संजाल अहिले इडिट गरेर बनाएको यो तस्बिर भाइरल बनेको छ । पश्चिम रुकुमको मुसिकोट नगरपालिका–११  घर भएका खेमबहादुर घर्ती असोज ८ गते शुक्रवार नारायणहिटि संग्राहलयमा टिकट काटेर अवलोकन गर्ने क्रममा तत्कालीन अन्तिम राजा ज्ञानेन्द्रले लगाएको श्रीपेच राखिएको सिसा फुटाएर निकाल्न खोजेपछि सुरक्षार्थ रहेका नेपाली सेनाले नियन्त्रणमा लिएका थिए । नियन्त्रणपछि घर्तिको तस्बिर समाचारमा आएका थिए । त्यही समाचारमा आएको उनको तस्बिरलाई श्रीपेच लगाएको इडिट गरेको तस्बिर पुन सामाजिक संजालमा राजाले लगाएजस्तै दुई हात जोडेको तस्वीर भाइरल भएको छ । यसरी तस्बिरलाई धेरैले आफ्नो वालमा पोष्ट गर्दै सकारात्मक तथा नकारात्मक टिप्पणी गरिएको पाइएको छ।

हाल काठमाडौंको म्हैपी बस्ने खेमबहादुर घर्ती शुक्रबार एक्लै संग्रहालयमा छिरेको जनाएको छ । उनी अवलोकन गर्ने क्रममा जब श्रीपेच राखेको सोकेश नजिकै पुगे थिए अस्वभाविक हर्कत गरेको जनाएको छ ।  उनले मुक्काले हिर्काएर श्रीपेच राख्ने सोकेस नजिकै रहेको खुकुरी राखेको सिसा फुटाए । सिसामा हिर्काउँदा उनको हातमा चोट समेत लागेको जनाएको छ । हाल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको छ । प्रहरीले श्रीपेचको सोकेशमा किन हिर्काउन खोजेको ? भन्ने प्रहरीको प्रश्नमा खेम बहादुरले भनेका छन्–‘म राजा बन्छु, मलाई श्रीपेच लगाउनु छ भन्ने सोचेँ ।’

बिरेन्द्र राजपरिवारको हत्यापछि नारायण हिटि दरवारमा ज्ञानेन्द्र राजा भएर श्रीपेच लगाएका थिए ।नेपाल गणतन्त्र घोषणा भएपछि ज्ञानेन्द्र बहिगर्मनसँगै २०६५ सालमा नारायणहिटी संग्रहालय खुला गरिएका थिए । तत्काल श्रीपेच भने सुरक्षाकै कारण राखिएको थिएन ।पछि भने श्रीपेच २०७६ साल असोज १ गते सर्वसाधारणको अवलोकनका लागि खुल्ला गरिएको हो ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार