धरानमा असोज १० गतेदेखि बिद्यालय खुल्ने

असोज ८,धरान/ कोरोना महामारी रोकथामको लागि भनेर भिडभाड नियन्त्रण गरिने क्रममा बन्द गरिएको बिद्यालय धरानमा खुलाउने भएको छ।
धरान उपमहानगरपालिकाले सार्वजनिक सुचना जारी गर्दै हालसम्म बन्द भएका बिद्यालय आगामी असोज १० गते आइतबारदेखि संचालन गर्नदिने भएको छ।जारी सूचनामा असोज ८ गते बसेको बैठकले असोज १० गते आइतबारदेखि स्वास्थ्य सम्बन्धि मापदण्डहरूको परिपालना गर्दै भौतिक रुपमा बिद्यालयहरु खोल्न सक्ने निर्णय भएको जनाएको छ ।

निर्णयमा संस्थागत बिद्यालयहरुबाट लिइने शुल्कलाई अभिभावकहरुले दबाबको रुपमा झेल्नुपर्ने बाध्यतालाई हृदयहम गरी यस अघि झै अभिमाबक र बिद्यालयको सहमती र समन्वयमा शुल्क लिने व्यबस्था गर्ने भनिएको छ । लामो समय कक्षा संचालन नभएकोले दशैं र तिहारको वीचको अवधिमा समेत सामो समयसम्म बिद्यालय बन्द नगर्न पनि निर्णय भएकोले सोही अनुसार बिद्यालय संचालन गर्न सूचना जारी गरिएको छ ।

बिषयः बिद्यालय सचालन सम्बन्धमा ।

श्री सबै सामुदायिक तया संस्थागत विद्यालयहरु,
घरान उपमहानगरपालिका, सुनसरी ।

प्रस्तुत विषयमा धरान उपमहानगरपालिका, नगर कार्यपालिकाको मिति २०७८ ।०६।०८ गतेको बैठकबाट कोमिड- १९ को सङ्क्रमणका कारण बिगत लामो समयदेखि भौतिक रुपमा बन्द विद्यालयहरु मिति
२०७८,०६/१० गते आइतबारदेखि स्वास्थ्य सम्बन्ध्री मापदण्डहरूको परिपालना गर्दै भौतिक रुपमा बिद्यालयहरु खोल्न सक्ने निर्णय भएकाले स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पूर्ण रुपमा परिपालना गरी विद्यालयहरु सचालन
गर्न सकिनै व्यहोरा अनुरोध छ । सवै संस्थागत बिद्यालयहरुबाट लिइने शुल्कलाई अभिभावकहरुले दबाबको रुपमा झेल्नुपर्ने बाध्यतालाई हृदयहम गरी यस अघि झै अभिमाबक र बिदालयको सहमती र समन्वयमा शुल्क लिने व्यबस्था गर्ने र दशैं र तिहारको वीचको अवधिमा समेत सामो समयसम्म बिद्यालय बन्द नगर्न निर्णयानुसार अनुरोध छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार