‘आधा गिलास भरी,आधा गिलास खाली’

असोज ३,धरान । संविधान जारी भएको छ वर्ष भयो एकातिर उत्कृष्ट संविधान भनेर दिपावली मनाए भने त्यही संविधानको धारा ७६ आ भएको विवादले उत्कृष्ट नभै निकृष्ट संविधान रहेछ भन्ने स्पष्ट भएकोले छ । संविधान जारी समयमा हालको जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष संवाद समितिका अध्यक्ष समेत थिए । उनले तत्कालीन अवस्थामा नै सोचिए जस्तो भनिए जस्तो संविधान हुने संभावना कम रहेको भन्दै जारी पश्चात् उक्त संविधान आधा गिलास भरी आधा खाली भनेर अभिव्यक्ति दिएका थिए । तत्कालीन संघीय समाजवादी फोरम लगायतले संविधानमा हस्ताक्षर नगरी असोज ३ लाई कालो दिनको रुपमा मनाएर संविधान जलाएका थिए ।

अहिले आएर जनता समाजवादिमा कालो दिवस नभनी आधा गिलास भरी आधा खाली भन्ने बाबुराम र कालो दिवस भन्ने उपेन्द्र अशोक एकै मंचमा छ । बाबुराम भट्टराईले संविधान दिवसको दिन सामाजिक संजाल फेसबुकमा संविधान दिवस असोज ३ को तितो सत्य भनेर जारी गरिएको २०७२ असोज ३ गतेको डायरी भनेर सार्वजनिक गरिएको छ। डायरीमा १३५ औ बैठक को दैनिकी टिपोट गरिएको छ। त्यसैलाई आधार मानेर स्टाटस पोस्ट गरिएको छ।
यस्तो छ पोस्ट :

संविधान दिवस ( असोज ३ ) को तीतो सत्य:

एकातिर,जनयुद्ध,जनआन्दोलन,मधेसविद्रोह,थारूविद्रोह,जनजाति आन्दोलन लगायत नेपाली जनताको सात दशकसम्मको वलिदानीपूर्ण संघर्षको बलमा निर्वाचित संविधानसभाबाट पहिलो पटक संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संविधान जारी भएको दिन हुनाले यसलाई ‘कालो दिन’ भनेर पूरै नकार्नु सही हैन!
अर्कोतिर, बहुजातीय/बहुभाषिक मुलुकमा सबैको पहिचान र अधिकार सहितको संघीयता नहुनु, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसद सहितको शासकीय प्रणाली नहुनु, महिलालाई नागरिकतावारे संविधानमै विभेद हुनु आदिले संविधान संशोधन मार्फत यी कुरा नसच्याइएसम्म यो दिनमा धेरै हर्षबढाइॅ र उफ्रीपाप्री गर्नु पनि शोभनीय छैन!
त्यसैले, हामीले शुरूदेखि नै यो संविधानलाई ‘आधा गिलास भरी,आधा गिलास खाली’ भनेका हौं! अत: आधा गिलासको रक्षा गरौं र आधा गिलास भर्न संघर्ष जारी राखौं!
( हेर्नोस्, २०७२ असोज ३ गतेको मेरो संविधानसभा डायरीको फोटोकपी!)

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार