नेपालमा एमसिसी लागू भए सिरिया हुन्छ,लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र – सिपि गजुरेल

असोज २, धरान / चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसिसी ) नेपालमा लागू भए सिरियाको जस्तै हालत हुने कुरा देशभक्त गणतान्त्रिक मोर्चाका नेता सिपि गजुरेलले बताए ।

देशभक्त जनतन्त्रिक प्रदेश १ को बैठकपछि धरानमा पत्रकार सम्मेलन गर्ने क्रममा एमसिसी बारे धारणा सार्वजनिक गरेको हो । एमसिसीको बिषयमा दुई समुहमा विभाजित भएको भन्दै संशोधन गरेर मध्यमार्गी रुपमा जाने कुनै ठाउँ नभएको बताए । अमेरिकाले यस बिषयमा कुनै पनि संशोधन गरिने ठाउँ नभएको र हुबहु पारित गराउन खोजेको भन्दै कि त मान्ने पक्षमा लाग्नुपर्ने कि नमान्ने पक्षमा उभिनुपर्ने भन्दै आफुहरु एमसिसिको विपक्षमा रहेको स्पष्ट पारे । अमेरिकी एम्सिसी र चिनियाँ बिआराईमा धेरै फरक भएको नेता सिपि गजुरेलले बताए । एम्सिसिले ५० अर्वको कुरा मात्र भएको भन्दै एनसेलकोबाट मात्र ७० अर्व उठाउने हो भने एम्सिसी भन्दा बढी हुने बताए । उनले एन्सेल जस्तो उठाउन थुप्रै रहेको भन्दै एम्सिसी आवस्यक नभएको बताए ।

लोकतान्त्रिक गणतन्त्रले देश समृद्धि नहुने भन्दै जनबादी गणतन्त्रले मात्र देश बन्ने बताए । आफुहरुले जनयुद्ध गर्दादेखिनै जनगणतन्त्रको कुरा रहेको बताउदै प्रचण्ड बाबुरामले लोकतान्त्रिक गणतन्त्रमा सम्झौता गरेको आरोप लगाए । संसदीय ब्याबस्था नै ठिक नभएको दाबी गर्दै त्यसमा पनि लोकतान्त्रिक गणतन्त्र समेत असफल भएको दाबी गरे। २०७२ को संविधान संसारकै उत्कृष्ट संविधान भनेर दिपावली गरेको भन्दै त्यसले के कस्तो समृद्धि गरे कुनै परिवर्तन नगरेको बताए । सबै कुरा हुने भनेर दाबी गर्ने केपि ओलिको बहुमतको सरकारले केही नगरेको अहिले परमादेशको चार दलको सरकारले त दुई महिनासम्म मन्त्री परिषद बिस्तार गर्न नसकेको बताए । नेपालका लागि लोकतान्त्रिक गणतन्त्रले देश नबन्ने भन्दै भारत्मा लोकतान्त्रिक गणतन्त्र छ चिनमा जनबादि गणतन्त्र भएको अब भारत र चिनमा भएको बिकासको भिन्नताले नै कुन ब्याबस्था ठिक हो भन्ने स्पष्ट भएको दाबी गरे।

नेपाल असफल भैसकेको पार्टीकोपछि लागेको असफल भएको ब्याबस्थाकोपछि लागेको र असफल भएको ब्यक्तिको प्रधानमन्त्रीकोपछि लागिरहेको आरोप लगाए। करिब अढाई बर्षको घटनाक्रमले नै ब्याबस्था ठिक नभएको पुष्टि गरेको दाबी गरे।जस्को एकमात्र बिकल्प भनेकै जनगणतन्त्र भएको दाबी गरे ।

लोकतान्त्रिक गणतन्त्रक अवस्थालाई हेर्दा राजाबादिले समेत आवाज उठाएको बताए । यो ब्याबस्था भन्दा राजतन्त्र ठिक भएको कुरा उठिसकेको भन्दै यसो हेर्दा त हो जस्तो पनि लाग्ने बताए । तर राजतन्त्र भनेको अहिलेको प्रतिगमन भन्दा महाप्रतिवमन हुने बताए । इतिहास भनेको पछाडि नभै अगाडि बढ्ने भन्दै जनगणतन्त्र मात्र बिकल्प रहेको बताए । जनगणतन्त्रमा केके ब्याबस्था हुन्छ कसरी अगाडी बढ्छ समानुपातिक समाबेशी धर्म निरपेक्ष पहिचानका कुरालाई कसरी संबोधन गर्छ स्पष्ट खाका के छ भन्ने प्रश्नमा भने अहिले छलफल गर्न बाँकी रहेको बताए ।

प्रचण्ड बाबुरामसंग पार्टी एकीकरणको कुरा उठेको प्रश्नमा नेता गजुरेलले आफुहरु एम्सिसी नचाहेको भन्दै प्रचण्ड बाबुराम एम्सिसी ल्याउनुपर्छ भन्नेसंग पार्टी एकता नहुने बताए । बाबुराले मार्क्सवादी छोडिसकेको भन्दै अब कसरी पार्टी एकीकरण होला भने। तत्काललाई बिप्लप्संग कार्यगत एकता हुनसक्ने बताए ।तर बिप्लपलाई राजाबादिसंगको साँठगाठको कुरा बाहिर आएको भन्दै त्यस बिषयमा छलफल हुने बताए ।

 

 

 

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार