सांसद बिशाल भट्टराई जवाफ देउ

असोज १, धरान / खोटाङ जिल्लाबाट प्रतिनिधि संघीय सांसद बिजय भएका एमाले सांसदले खोटाङ जिल्लाको बिकास निर्माणकार्यमा ध्यान नदिएको भन्दै आक्रोश पोखिएका छन । चुनाबको बेला मीठो भाषण बिकास निर्माणका गफ दिने नेपाली नेता पार्टीको चलन नै हो । तर जब जितेर संसद भवन छिर्छ त्यसपछि ती बाँचा सबै बिर्सिनेगरिन्छ ।
त्यस्तै बाँचा प्रतिबद्धता भुलेर खोटाङ जिल्लाको बिकास निर्माणमा ध्यान नदिएको आरोप लगाएर मोहन गुरुङले सामाजिक संजालमा प्रश्न गरेका छ्न ।
मोहन गुरुङको प्रश्न :
चुनाव जितेको माननीय विशाल भट्टराई संग मेरो प्रश्नहरु यसप्रकार छन :-
१. फोक्सिङटारको पुल किन बन्दैन के कमिशनमा मिलेमतो त छैन? किन बोल्नु हुन्न ?
गाईघाट दिक्तेल सडकको ठेकेदारले लाहप्रबाही गरेर सडक निर्माण धिमा गतिमा नचलाउदा किन चुप ?
२.खोटाङेहरु साह्रो गाह्रो बिरामी हुदा अहिले पनि सुबिधा सम्पन्न अस्पताल नपाएर २ लाख तिरेर हेलि चाटर गरि काठमाडौ जानू पर्छ खोइ अस्पताल ?
३. बैज्ञानिक जनबादी शिक्षा खै ?
४. मध्य पहाडी लोकमार्ग संग जोडिएको मध्यम दुरिको सडक स्तर उन्नती किन गर्नु भएन ?
५.नीजी बनक्षेत्रको समस्या बारे किन बोल्नु हुन्न?
६. प्राय गाउँ गाउमा खानेपानीको ब्यबस्था भए पनि पानी मुहान प्रदुषित भैइ टाईफाईड रोगले जनता हरेक वर्षा याममा पिडित छ्न सुरक्षित खानेपानी मुहान कार्यक्रम खोइ?
यस्ता अनागिन्ती सवालहरु छन । तपाईलाई कस्तो लाग्यो ?

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार