कोभिडशिल्ड लगाएका मेयरलाई कोरोना देखियो

भाद्र ३१,धरान / कोरोना संक्रमणबाट बच्नको लागि कोभिड शिल्ड खोपको दुईटै मात्रा लगाएका धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई कोरोना देखिएको छ ।

मेयर तिलक राईका प्रेस सल्लाहकार पारस चाम्लिङले मेयर तिलक राईलाई कोरोना पोजिटिभ भएको जनाएको छ । उनले सामाजिक संजाल फेसबुकमै – `धरान उपमहानगरपालिकाका नगर प्रमुख आदरणिय दाई तिलक राई ज्यूलाई कोरोना पुष्टि भएको जानकारी गराउँदछु भनिएको छ ।´मेयर तिलक राईलाई विगत दुईदिनदेखि सामान्य रुघा, खोकी देखिएको जनाएको छ । मेयर राईको बिहीबार पिसिआर परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ देखिएको बताए । हाल उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पनि जनाएको छ ।

यस बिषयमा धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख उमेस मेहेतासंग बुझ्दा मेयर राईले कोभिड्शिल्डको सुबै मात्रा लगाएको बताए । कोरोना विरुद्धको खोप लगाए पनि कोरोना हुने कुरा मेहेताले बताए । तर पोजिटिभ भए पनि खोप नलगाएको जत्तिकै सिकिस्त नहुने बताए । प्रमुख मेहेताले कोभिड्शिल्ड सत्तरी प्रतिशत भन्दा माथी नै प्रभावकारी रहेको बताए । मेयर राईको स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी दिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार