नेपाल र नेपाली  पछी मात्र भए अघि गोर्खे नै हो – डिराज कोइराला

धरान / हामी नेपालका अनि नेपाली भएर गर्व गरिरेका छौ । विश्वमा गोर्खे भनेर त् झन् प्रख्यात छन् । बीर गोर्खालीको सन्तान भनेर पनि विश्वमा चिनाउने गरिन्छ । तर वास्तविक गोर्खाली हो वा नेपालि अर्थात गोर्खे पहिले हो वा नेपाली भनेर हामि अलमलमा परेका पनि हुनसक्छ ।

इतिहासमा निरन्तर खोज अनुसन्धाना गरिरहेका एकजना व्यक्ति डिराज कोइरालाले गोर्खा तथा गोर्खेको बिषयमा निरन्तर तथ्य प्रमाण सहितको पोस्ट सामाजिक संजालमा लागीरहेका पाउछौ । पछिल्लो पोस्टमा कोइरालाले नेपाल र नेपाली त् पछी मात्र भएको दाबि गरिएको छ । उनले हामि नेपालि भन्दा भन्दा पनि गोर्खाली भएको दाबि गर्दैआएका छन् । यस पोस्टमा प्रमाण सहित नेपाल – “नढाँटी भन्नु पर्दा यो देशको नाम नेपाल भएको सम्बत १९८६ हो भने नेपाली चै बिस २००९ मा जन्मिएको हो भन्ने प्रमाण हुँदा हुँदै सम्बत १८७० मा देहरादूनको( कलङ्गा /खलङ्गा) नालापानीमा नेपालीले अंग्रेजसंग युध्द लडेकै हुन भन्ने / लेख्नेहरूलाई विद्वान भन्नु कि धूर्त छट्टु ?।”

उनले यो देशका लालबुझक्कड पण्डितहरू जति कलङ्गा /खलङ्गा किल्लामा गोर्खा-अङग्रेज युद्ध भएकै होइन, अंग्रेजसंग लड्ने गोर्खा होइनन् भनेर बनावटी इतिहास लेखिएको आरोप लगाएको छ । सो युध्द भनेको नेपाल-अंग्रेज युध्द हो, त्यो युध्दमा लड्ने नेपाली थिए भन्दै हालसम्म पनि हुँदै नभएको नेपाली वीरताका बनावटी बखान गर्दै आएका ढाँटका पोस्तकहरूलाई कवि ल.का.शको पुस्तक “परिचय” मा लेखिएका ४ वटा श्लोक पढेका खण्डमा लालबुझक्कड पण्डितहरूका घैंटामा पनि कतै घाम लाग्थ्यो कि भनेर कटाक्ष गरेका छन् ।

तथ्य प्रमाण सहितको पोस्ट :

“………As a Tribute of Respect For Our Gallant Adversary BULBUDDER Commander of the Fort and his Brave GOORKAS…..”

“हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खाहरुको स्मृतिमा सम्मानोपहार”।

गोर्खा राजका गोर्खा जाति भनेका, सम्मान गर्न योग्य वीर भएकै हुनाले मात्रै, कहिल्यै पनि घाम नअस्ताउने मुलुका अधिपति अंग्रेजहरूले, देहरादूनको( कलङ्गा /खलङ्गा किल्लामा यस्तो लेखेर राखेका रहेछन, जो आजसम्म पनि यथावत छ ।

यो देशका लालबुझक्कड पण्डितहरू जति कलङ्गा /खलङ्गा किल्लामा गोर्खा-अङग्रेज युद्ध भएकै होइन, अंग्रेजसंग लड्ने गोर्खा होइनन् , सो युध्द भनेको नेपाल-अंग्रेज युध्द हो, त्यो युध्दमा लड्ने नेपाली थिए भन्दै हालसम्म पनि हुँदै नभएको नेपाली वीरताका बनावटी बखान गर्दै आएका ढाँटका पोस्तकहरूलाई कवि ल.का.शको पुस्तक “परिचय” मा लेखिएका प्रस्तुत ४ वटा श्लोक पढेका खण्डमा लालबुझक्कड पण्डितहरूका घैंटामा पनि कतै घाम लाग्थ्यो कि ?

“गोर्खा हो वीर तेजी, शमर विजयमा, नाम राख्ने अगाडि,

फोर्ने चट्टान साह्रा, विजय पथ थुने, ह्वैन फिर्ने पछाडि ।

चम्काई तेज राशी, चमचम खुकुरी, घारिलो दाप देखि,

पार्ने टुक्रा, अटेरी रिपुगण सब नै, शेष पारेर शेखि।।”

सम्बत १८७० सन् २४ अक्टुबर १८१४ देखि हालसम्म पनि प्रमाणले हाम्रो गोर्खा साम्राज्यको अभिन्न अङ्ग रहेको देहरादूनको( कलङ्गा /खलङ्गा) नालापानीमा शुरु भएको गोर्खा-अंग्रेज युध्दलाई स्वार्थी चाटुकारहरुले चाटुकारिता देखाएर नेपाल अंग्रेज युध्द हो भन्दै सत्य इतिहासलाई चपरीमुनी हालेर मनपरि लेख्दै/ बोल्दै/ आएको वर्तमान अवस्था हो ।

नढाँटी भन्नु पर्दा यो देशको नाम नेपाल भएको सम्बत १९८६ हो भने नेपाली चै बिस २००९ मा जन्मिएको हो भन्ने प्रमाण हुँदा हुँदै सम्बत १८७० मा देहरादूनको( कलङ्गा /खलङ्गा) नालापानीमा नेपालीले अंग्रेजसंग युध्द लडेकै हुन भन्ने / लेख्नेहरूलाई विद्वान भन्नु कि धूर्त छट्टु ?।

स्वदेशी र विदेशी चाटुकारहरुले हाम्रा देशको इतिहासलाई नै अल्मल्याउने तथा यो देश निर्माण गर्ने गोर्खा शक्तिलाई निरिह नेपालीमा परिणत गर्दै छक्याएकै भरमा दुनो सोझ्याउनेहरूले जेसुकै र जस्तासुकै काम गरे पनि “ढाँटेको कुरा काटे मिल्दैन” भनेको यही नै होइन र ? । जस्को प्रत्यक्ष प्रभाव आजसम्म पनि सबैले देखेर अनुभव गरेकै छ । जय गोरखनाथ। जय गोर्खा ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार